जिसस मकवानपुरबाट दुईवटा सडकको कार्यसुचि र एउटा भवनको आईई स्वीकृत

जनपत्र
२० कार्तिक २०७७, बिहीबार १७:३१

मकवानपुर /जिल्ला समन्वय समिति मकवानपुरको बुधबार बसेको बोर्ड बैठकले दुईवटा सडकको कार्य सुचि पारित र एउटा व्यवसायिक भवनको संक्षिप्त वातावरणिय अध्यन प्रतिवेदन (आईई) स्वीकृत गरेको छ । जिसस प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको ६८ औं बोर्ड बैठकले दुईवटा सडकको कार्य सुचि पारित गर्नुका साथै एउटा व्यवसयिक भवनको संक्षिप्त वातावरणिय अध्यन प्रतिवेदन (आईई) स्वीकृत गरेको हो ।

बैठकले जिल्ला समन्वय अधिकारीको संयोजक्त्वमा रहेको संक्षिप्त वातावरणिय अध्यन प्राविधिक उपसमितिबाट छानविन भई बोर्डमा सिफारीस साथ आएको भिमफेदी गाउँपालिका स्थित कोगटे महाभिर सडक र राक्सिराङ गाउँपालिका स्थित बोडवारी–परेवाभिर–रतुवा–डोलघारी सडकको कार्य सुचि पारित गर्ने निर्णय गरेको जिसस प्रमुख खुलालले जानकारी दिनुभयो ।
त्यस्तै बैठकले हेटौंडा–१० स्थित बस पार्कमा निर्माण हुन लागेको बस टर्मिनल अन्तरगतको भवन निर्माणको लागि उपसमितिबाट पेश भई आएको संक्षिप्त वातावरणिय अध्यन प्रतिवेदन स्वीकृत गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो । बैठकमा जिसस उपप्रमुख भगवती पुडासैनी, मन्वय अधिकारी आनन्दराज पोख्रेल, सदस्यहरु देवराज रिमाल, चित्र बहादुर बलामी, सिता अधिकारी, बुद्धि बहादुर मोक्तान, सानुकान्छि स्याङतानलगायतको उपस्थिती थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*