आयुरबेदको महत्व वुझाउनका प्रचार प्रसार गर्नुपर्छ–मन्त्री दुलाल
हेटौंडा । बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले आयुरबेदको महत्व वढाउनुपर्ने वताउनु भएको छ । प्रदेश स्वास्थ्य निदेशनालय हेटौंडाको आयोजानमा जिल्ला आयुरबेद केन्द्र र अंचल आयुरबेद औषधालयको दुईदिने बार्षिक समिक्षा कार्यक्रमको आज हेटौंडामा उद्घाटन् गर्दै उहाँले यस्तो कुरा वताउनुभएको हो ।
आयुरबेदका विज्ञलेनै यसको महत्व दर्साउनुपर्ने उहाँले वताउनुभयो । आयुरबेदको महत्वका बारेमा वुझाउनका लागि यसका कार्यालयहरुले व्यापक प्रचार प्रसार गर्नुपर्ने मन्त्री दुलालले वताउनुभयो । आयुरबेदका कार्यालयहरुको भौतिक पूर्वाधार निर्माण गर्नका लागि मन्त्रालय तयार रहेकाले समयमानै लिखीत रुपमा मन्त्रालयमा माग गर्न उहाँले निर्देशन दिनुभयो ।
स्वास्थ्य पोलेसीमा आयुरबेदलाई पनि उपयुक्त स्थान दिइने उहाँले वताउनुभयो । स्वास्थ्य निर्देशनालय अन्तरगतका कार्यालयले कोरोनाको व्यावस्थापन गर्दै समयमानै कार्यक्रम सम्पन्न गर्नका लागि मन्त्री दुलालले सबैलाई निर्देशन दिनुभयो । निर्देशनालयका निर्देशक रमेश प्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा मन्त्रालयका सचिब दिपक काफ्ले, निर्देशनालयका डाक्टर अर्जुन सापकोटा लगायतकाले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
भोली सम्म चल्ने कार्यक्रममा प्रदेशका १३ जिल्लाका आयुरबेद कार्यालयका प्रमुखहरुको सहभागिता रहेको थियो । दुइदिन सम्मको कार्यक्रममा आफ्ना कार्यालयले वितेको आर्थिक वर्षभरी गरेका कामको समिक्षा गर्नेछन् ।