हेटौंडाबाट दशलाख घुस रकम सहित इन्जिनियर पक्राउ
हेटौंडा । अख्तियार दुरुपयोग अनुसंधान आयोगको हेटौंडा स्थित कार्यालयले द लाख रुपैयाँ घुस रकम सहित प्राधिकरणका इन्जिनियरलाई पक्राउ गरेको छ । हेटौंडा–भरतपुर बर्दघाट प्रसारण लाइन आयोजनामा कार्यरत नबौ तहका इन्जिनियर इस्वरी प्रसाद जैसवाललाई पक्राउ गरेको हो ।
हेटौंडाको बसपार्कमा रहेको एक होटलमा ठेक्का रकम भुक्तानी गर्ने प्रयोजनमा जैसवालले दश लाख रुपैयाँ घुस रकम मागेका थिए । यही घुस रकम दिदा दिदै उनलाई पक्राउ गरिएको हो । पक्राउपछी थप अनुसंधान जारी रहेको अख्तियार दुरुपयोग अनुसंधानको कार्यालय हेटौंडाले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक भीमकिरण बोगटीको नेतृत्वमा रहेको अख्तियारको टोलीले उनलाई नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसंधान आयोग हेटौंडा कार्यालयका प्रमुख बावुराम खतिवडाले जानकारी दिनुभयो ।