भारतीय सेना प्रमुख नरवणेलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गरिने
काठमाण्डाै – नेपाल भ्रमणमा रहेका भारतीय सेनाका प्रमुख मनोजमुकुन्द नरवणेलाई आज नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गरिने भएको छ ।
नरवणेले भोलि प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्नुहुनेछ । भारतीय सेनाप्रमुख नरवणेले हिजो पशुपति दर्शन तथा वसन्तपुर दरबार क्षेत्रको अवलोकन गर्नुभएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा नेपालको तीन दिने भ्रमणका लागि उहाँ नेपाल आउनुभएको हो ।