हेटौंडा–६ का कोरोना संक्रमित बृद्धको मृत्यु

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ का ८२ वर्षिय बृद्धकोे कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । उहाँको चितवनको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्युु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनुभयो । कात्तिक १५ गते कोरोना संक्रमण पुष्टि भएका उहाँको कोभिड आइसियूमा राखी उपचार गर्दागर्दै मृत्यु भएको अस्पतालले जनाएको छ ।