मकवानपुरमा १५ हजार ७२६ जनाको पीसीआर जाँच, ३४ सय २८ जनामा कोरोना संक्रमण

जनपत्र
२० कार्तिक २०७७, बिहीबार ०८:००

हेटौंडा । मकवानपुर जिल्लामा कोरोना भाइरस संक्रमण पुष्टि हुनेको सख्या ३ हजार ४ सय २८ जना पुगेको छ । मकवानपुर जिल्लामा हाल सम्ममा १५ हजार ७ सय २६ जनाको पीसीआर जाँच गरिएको छ ।

पीसीआर जाँच गरिएका मध्यमा ३४ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तर, पहिलेको तुलनामा मकवानपुर जिल्लामा कोरोना संक्रमण दर अली बृद्धी भएको छ । पछील्ला दिनहरुमा हेटौंडामा भीड वढेसंगै संक्रमितको सख्या पनि वढेको छ ।

मकवानपुरमा हिजो एकै दिन भने कोरोना संक्रमित ४९ जनामा कोरोना पुष्टि भएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका कोभिड–१९ का प्रबक्ता डाक्टर पुरुषोत्तम सेढाईले जानकारी दिनुभयो । मकवानपुरका विभीन्न स्थानीय तहमा रहेकाहरुमा कोरोनाको लक्षण देखापरेपछी पीसीआर जाँचको कामलाई तिव्रता दिइएको छ । कुनैपनि क्षेत्रका व्यक्तिमा कोरोनाको संका लागेकाहरुका जाँचको काम भने तिव्र भइरहेको छ ।

पहिले कोरोना जाँच गरिएपनि धेरैजसोको रिपोर्ट नेगेटिभ प्राप्त भएपनि अहिले भने पोजेटिभ देखिन थालेको छ । हेटौंडाको मुख्य बजार क्षेत्रका बिभीन्न वडाका टोलटोलमा कोरोना भाइरस संक्रमित देखिएका छन् । घना वस्ती भएका क्षेत्र र मुख्य वजार क्षेत्रमा धेरै संक्रमित देखा परेका हुन् । बजारको तुलनामा मकवानपुरका अरु नौ वटा स्थानीय तहमा अत्यन्त कम मात्र संक्रमित देखा परेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*