मुख्यमन्त्रीका प्रेस संयोजक दाहाललाई कोरोना संक्रमण

जनपत्र
१९ कार्तिक २०७७, बुधबार ०८:०९

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलका प्रेस संयोजक प्रकास दाहाललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हिजो बेलुकी आएको रिपोर्टमा आफुलाई कोरोना संक्रमण पुष्टि भएको उहाँले वताउनुभयो । सामान्य रुघा, खोकी, ज्वरो आएपछी हेटौंडाको प्रयोगशालामा कोरोना परिक्षण गरिएको थियो ।

कोरोना परिक्षणको रिपोर्टमा पोजेटिभ आएको हो । प्रेस संगठन मकवानपुरका संयोजक समेत रहनु भएका दाहाल अहिले होम आइसोलेसनमा सुरक्षित तरिकाले बस्नु भएको छ । मुख्यमन्त्री पौडेल, उहाँकी धर्मपत्नी, चालक, कार्यालय सहयोगी, सुरक्षाकर्मीमा यसअघिनै कोरोना पुष्टि भएको थियो । अहिले भने दाहालमा कोरोना देखिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*