मकवानपुरमा आज थप ४० जनामा कोरोना संक्रमण पुष्टि

जनपत्र
१९ कार्तिक २०७७, बुधबार ०७:०७

हेटौँडा । मकवानपुरमा आज बिहान थप ४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित मध्य १८ महिला र २२ पुरुष रहेको हेटौंडा उपमहानगरपालिकाका जनस्वाथ्य निरिक्षक भोला चौलागाईले वताउनुभयो ।

१ सय ७१ जनाको स्वाबमा ४० जनामा कोरोना पुष्टि भएको उहाँले वताउनुभयो । परिक्षणका लागि स्वाब दिएका मध्यमा ३० प्रतिशतमा कोरोना देखिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*