उच्च मनोबलले कोरोनालाई जित्न सकिन्छ–प्रदेश प्रमुख प्रसाई
हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख सवष्णु प्रसाद प्रसाईले उच्च मनोकलका कारणनै कोरोना भाइरस संक्रमणलाई जित्न मधत गर्ने वताउनुभएको छ ।
प्रदेश प्रमुखले आज सार्वजनिक सन्देश जारी गर्दै कोरोनालाई जित्नका लागि उच्च मनोवल र चिकित्सकको निगरानीबाट कोरोनालाई जित्न आफुलाई पनि मधत गरेको वताउनुभयो ।
कोरोना भाइरसका कारण होम आइसोलेसनमा बसेको अनुभव पनि त्यही रहेको वताउनुभयो । कोरोना संक्रमण भएपछी यस अवधिमा सम्झने सबैलाई धन्यवाद समेत उहाँले दिनुभएको छ ।







