कोरोना बीमाको दाबी भुक्तानी एक हप्ताभित्रै पाइने, भुक्तानी नपाए उजुरी गर्न मिल्ने
काठण्माण्डौ – कोरोना बीमाको रकम भुक्तानीको दाबी गरेको एक हप्ताभित्रै भुक्तानी पाइने भएको छ ।
बैठकले दाबी गरेको एक हप्ताभित्र रकम पाए÷नपाएको अनुगमन र समन्वय बीमा समितिले गरी दाबी भुक्तानीको दैनिक प्रतिवेदन अर्थ मन्त्रालयमा पठाउने निर्णय पनि गरेको छ ।
अर्थमन्त्री पौडेलले बिमितहरुले बिमाङ्क रकम दाबी गर्नासाथ अविलम्ब भुक्तानी दिने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभयो ।
यस्तै कोरोना बीमाको दाबी भुक्तानी कार्यमा सेवाग्राहीबाट आएका गुनासाहरूको सुनुवाइ गरी समस्या समाधानका लागि सम्बन्धित बीमा कम्पनीहरुलाई निर्देशन दिन हटलाइन टेलिफोनसहितको हेल्प डेक्स सञ्चालन गर्ने व्यवस्था बीमा समितिले तत्काल मिलाउने निर्णय पनि भएको छ ।
कोरोना सङ्क्रमितले कोरोना बीमाबापतको रकम दाबी गरेको लामो समयसम्म पनि भुक्तानी नपाएपछि यसको चौतर्फी विरोध भएको छ ।