हेटौंडाको राजदेविमा दुइ करोड रुपैयाँ लागतमा सडक पिच गर्न सुरु

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १७ राजदेविमा पहिलो पटक स्थानीय वासिन्दाहरुले पक्की सडकको प्रयोग गर्न पाउने भएका छन् । दुई करोड रुपैयाँ लागतमा निर्माण गर्न लागिएको पीच सडकको उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले शिलान्यास गर्नुभयो ।
एक दशमलब ५ किलोमिटर सडक निर्माण गरेपछी यस क्षेत्रका नागरिकलाई थप सहज हुने उहाँले वताउनुभयो । नयाँ प्रविधिको आक्सपाल पिचबाट यस क्षेत्रको सडक पक्की वनाउन लागिएको हो । उपमहानगरपालिका आफ्नै आन्तरिक श्रोतबाट राजदेबिमा यती ठुलो रकमबाट पिच गर्न लागिएको मेयर महतले वताउनुभयो ।
सामान्य कच्ची सडकबाट ओहोर दोहोर गर्नुपर्ने बाध्यता भोग्दै आउका यस क्षेत्रका वासिनदाहरु पीच सडक र ढल निर्माण हुने भएपछी खुसी भएका छन् । बजार क्षेत्र नजिकै भएपनि पक्की सडकका हिसाबले पछी परेको यस स्थानमा विकासको सुरुवात गरिएको मेयर महतले वताउनुभयो ।
हिउँदमा धुलाम्य सडक र वर्षायाममा पानीले समस्या भोग्दै आएका यस क्षेत्रका वासिन्दालाई अब भने सहज हुने भएको छ । उपमहानगरपालिका क्षेत्रमा अहिले सडक पीच गर्ने र स्लाब ढलान गर्ने कामले निकै प्राथमिकता पाएका छन् । कार्यक्रममा मेयर महतका राजनीतिक सल्लाहकार नरहरी महत, वडा सदस्यहरु, स्थानीय विभीन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।