लाङटाङ पदमार्गमा सञ्चालनमा रहेका होटल आजदेखि बन्द

जनपत्र
१८ कार्तिक २०७७, मंगलवार ०९:४१

रसुवा – लाङटाङ पदमार्गमा सञ्चालनमा रहेका होटल आजदेखि बन्द भएका छन्।

कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएपछि रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका वडा नम्बर ४ को होटल व्यवसाय समितिको आग्रहमा होटल बन्द गरिएको हो । कोरोना सङ्क्रमितको संख्या बढ्दै गएकाले केही महिनासम्म होटल, लज तथा चिया पसल बन्द गरिएको वडा कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार पदमार्गको रिम्छे, लामा होटल, रिभर साइड, घोडा तबेला, गुम्बा डाँडा, लाङटाङ, मुण्डुप, क्यान्जिनलगायतका क्षेत्रमा  रहेका होटल, लज तथा चिया पसल बन्द भएका हुन् । क्यान्जिनका पर्यटन व्यवसायी ग्याल्बु लामाका अनुसार पछिल्लो समय दैनिक ६० जनासम्म नेपाली पर्यटक आइरहेका थिए । जिल्लामा आएका पर्यटकमध्ये ९० प्रतिशत पर्यटक लाङटाङ जाने गरेका छन् ।

जिल्लामा अहिले कोरोना सङ्क्रमितको संख्या १ सय ६ पुगेको छ । जसमा ४५ जना सक्रिय सङ्क्रमित छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*