मकवानपुरमा आज थप ६१ जनामा कोरोना संक्रमण पुष्टि
हेटौँडा। मकवानपुर जिल्लामा आज बिहान थप ६१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज संक्रमित मध्य २३ महिला र ३८ पुरुष रहेको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले वताउनुभयो ।
यही कार्तिक १७ गते संकलन गरिएको १ सय ४२ जनाको स्वाबमा ६१ जनामा कोरोना पुष्टि भएको उहाँले वताउनुभयो । संकलन गरिएका स्वाब मध्यमा संक्रमितको संख्या ४३ प्रतिशत रहेको छ। कोरोना संक्रमित हुनेहरु हेटौंडामा धेरै छन् । त्यस मध्य पनि अझै धेरै हेटौंडा ५ मा १६ जना र हेटौंडा ४ मा १० जनामा कोरोना भएको छ ।