नेपाल एअरलाइन्समा नयाँ सफ्टवेर लागू, ३० प्रतिशत खर्च बचत हुने दाबी

जनपत्र
१७ कार्तिक २०७७, सोमबार १८:५०

काठमाण्डाै – नेपाल एअरलाइन्सले नयाँ सफ्टवेर जडान गरेको छ ।

एअरलाइन्सको सेवा र सुविधालाई समय अनुसार सुधार गर्ने सिलसिलामा २६ वर्षदेखि प्रयोग गरिरहेको सफ्टवेर परिवर्तन गरिएको नेपाल एअरलाइन्सले जनाएको छ ।

अहिलेसम्म ‘सीता प्लानिङ’ सफ्टवेर प्रयोग गर्दै आएकोमा अब एअरबसले नै उत्पादन गरेको ‘न्यावब्लु फ्लाइट प्लानिङ’ सफ्टवेर प्रयोग गरिएको एअरलाइन्सले जनाएको छ । नयाँ सफ्टेवेरले अहिलेको भन्दा ३० प्रतिशत कम खर्चमै उडान गर्न सकिने एअरलाइन्सको दाबी रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*