हेटौंडाको चुरीयामाइ माविमा दुइवटा भवन उद्घाटन् एउटा शिलान्यास

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५ शिखरपानीमा चुरीयामाइ उच्च माध्यमिक विद्यालयको नव निर्मित भवनको उद्घाटन् र निर्माण हुन लागेको अर्को भवनको शिलान्यास गरिएको छ । उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले नयाँ निर्माण भएका दुईवटा भवनको शिलान्यास र अव निर्माण गर्न लागिएको एउटा भवनको शिलान्यास गर्नुभयो ।
कुल एक करोड ४० लाख रुपैयाँ लागतमा निर्माण गरिएको विद्यालयका चार–चार कोठे दुईवटा भवनको मेयर महतले उद्घाटन् गर्नुभयो । त्यसैगरी अव निर्माण हुन लागेको चार कोठे भवनको आजै शिलान्यास समेत गर्नुभयो । २०७२ सालको भुकम्पले धेरै विनास गरेपनि बिद्यालय क्षेत्रमा भने अहिले विकास भएको उहाँले वताउनुभयो ।
नगरक्षेत्रमा धेरै राम्रा र सुविधा सम्पन्न विद्यालय भवनहरु निर्माण भएको मेयर महतले वताउनुभयो । राष्ट्रिय पुन निर्माण प्राधिकरण अन्तरगतको डिएलपीआइयु शिक्षाले विद्यालय भवन निर्माण गरेको हो । विद्यालय व्यावस्थापन समितिका अध्यक्ष सुनिल मोक्तानको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा १५ का वडा अध्यक्ष महाँरत्न लामा, डिएलपीआइयु शिक्षाका प्रमुख बद्री बहादुर पाठक लगायतकाको आतिथ्यता रहेको थियो ।