कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भेगमा आज हल्का पानी पर्ने

काठमाण्डाै – कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भेगमा आज हल्का पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
घाम लागिहाले पनि फेरि एकैछिनमा बादल लाग्ने भएकाले यी ठाउँमा आज अधिकतम तापक्रम पनि घट्न सक्ने अनुमान छ । वाग्मती र प्रदेश २ को मौसम भने सामान्यतया सफा नै रहनेछ । न्यूनतम र अधिकतम तापक्रम घट्न थालेकाले केही दिनदेखि चिसो बढ्न थालेको छ । आज बिहान काठमाण्डौको तापक्रम १३ डिग्री सेल्सियस मापन गरिएको छ ।