एकैदिन ३ हजार ६२० जना डिस्चार्ज, २ हजार ८२४ काेराेना सङ्क्रमित थपिए

जनपत्र
१७ कार्तिक २०७७, सोमबार ०५:५२

नेपालमा कोभिड–१९ ९कोरोना भाइरस० का सङ्क्रमितको सङ्ख्या एक लाख ७३ हजार पाँच सय ६७ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतबार दुई हजार आठ सय २४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

गएको २४ घण्टामा १३ हजार २३ जनाको नमुना परीक्षण भएको हो । त्यस्तै गएको २४ घण्टामा तीन हजार ६ सय २० जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या एक लाख ३४ हजार आठ सय ४२ पुगेको छ । अब नेपालमा ३७ हजार सात सय ६५ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै दुई हजार तीन सय ८६ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा २३ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या नौ सय ६० पुगेको मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*