बागमती प्रदेश प्रमुख प्रसाई कोरोना मुक्त

जनपत्र
१६ कार्तिक २०७७, आईतवार १८:२४

हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाई कोरोना मुक्त हुनु भएको छ । यही कार्तिक ११ गते कोरोना संक्रमण भएपछी उहाँ होम आइसोलेसनमा बस्नु भएको थियो । एक साता दिनमानै उहाँले कोरोनालाई जित्न सफल हुनु भएको हो । कोरोना संक्रमणको समयमा सामान्य रुघा, खोकी, जिउ दुख्ने समस्या भएपनि अहिले भने त्यस्तो समस्या नभएको उहाँले वताउनुभयो ।

कोरोना संक्रमण हुनु भएका उहाँका छोरा बागमती प्रदेशको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार राजेश प्रसाईले भने स्वाब परिक्षण गर्न बाकी छ । उहाँपनि प्रदेश प्रमुखसंगै कोरोना संक्रमित भएर होम आइसोलेसनमै रहनुभएको थियो । दुबै जनालाई कोरोनाको लक्षण देखिएपछी गृह जिल्ला झापामा जाँचको क्रममा कोरोना संक्रमण पुष्टि भएको थियो ।

दुबै जना बाबु छोरा दशै मान्नका लागि गृह नगर झापा गएको समयमा कोरोना पुष्टि भएको थियो। अहिले पनि उहाँका परिवार होम आइसोलेसनमा रहनुभएको छ । एक साता अघिदेखि नै झापाको मेचीनगरस्थित घर जानु भएका प्रदेश प्रमुखलाई शरीर दुख्ने, पसिना आउने जस्ता सामान्य लक्षण देखिएका उहाँ होम आइसोलेसनमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको वताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*