गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा माैसम आंशिकदेखि सामान्य बद्ली हुने

जनपत्र
१६ कार्तिक २०७७, आईतवार १०:०१

काठमाण्डाै – आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बद्ली हुने मौसमविद्ले बताएका छन् ।

स्थानीय वायुको प्रभावले आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बद्ली हुने मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मन्जु वासीले जानकारी दिनुभयो ।

उहाँका अनुसार अरु प्रदेशको मौसम भने सामान्यतया सफा रहनेछ । यस्तै भोलि वाग्मती प्रदेशबाहेक अरु प्रदेशको मौसम आंशिकदेखि सामान्य बद्ली रहने तर पर्सि देशभरि नै आंशिकदेखि सामान्य बद्ली भएर पहाडी क्षेत्रको एक/दुई ठाउँमा पानी पर्ने सम्भावना रहेको उहाँले जानकारी दिनुभयो ।

बंगालको खाडीबाट जलवाष्पयुक्त हावा नेपाल आउन थालेकाले पर्सिलाई फाट्टफुट्ट पानी पर्ने संभावना देखिएको उहाँको भनाइ छ । तर ठूलो पानी भने कतै पनि पर्दैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*