थाहा नगरकी पौरखी महिला, लिफ्ट सिंचाइपछी बारीभरी किबी र तरकारी खेती

कृषि विकास निर्देशनालय हेटौंडाले लिफ्ट सिंचाइ गर्नका लागि ३५ लाख रुपैयाँ सहयोग गरेपछी ४ हजार वटा किबीका विरुवा लगाएर बार्षिक ५० लाख अम्दानी गर्नेगरी काम सुरु गरिएको छ ।
दिपक सिंह रुम्बा
१५ कार्तिक २०७७, शनिबार १०:०९

थाहा नगर । मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ४ ठुलो माखुकी ३४ वर्षिय बरी बल तामाङको बारीमा अहिले किवी झुलेको देख्न पाइन्छ । किबीका साना विरुवासंगै ठुला बोटमा किबी फल्न थालेका छन् । ३४ वर्षिय महिलाको प्रयासमा तरकारी र फलफूल खेतीले गर्दा वरपरका गाउँले समेत चकित परेका छन् । आफ्नो एक्लैको प्रयासले किबी र तरकारी खेती गरेको उहाँ वताउनुहुन्छ ।

पाँच वर्ष अगाडी थाहा पौरखी कृषी प्रालि फाम दर्ता गरेर उहाँले महिलाहरुले पनि चाहेमा काम गर्न सक्छन् भन्ने उदाहरण बन्नु भएको छ । उहाँले गर्नुभएको किबी खेतकिा लागि बागमती प्रदेशको भूमि व्यावस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तरगतको कृषि विकास निर्देशनालय हेटौंडाले सहयोग गरेको छ । भिरालो जमिनमा सिंचाइ गर्नका लागि थप समस्या हुने भएपछी लिफ्ट सिंचाइका लागि सहयोग गरिएको निर्देशनालयका निर्देशक रविन्द्र बहादुर प्रधानले वताउनुभयो ।

लिफ्ट सिंचाइका कारण पानीको समस्या भने अहिले हटेको छ । राम्रो काम गर्ने र मेहनत गर्ने किसानका लागि लिफ्ट सिंचाइबाट काम गरिएको प्रधानले वताउनुभयो । महिलाले निकै मेहनतका साथ काम गरेको र सफल देखिएकाले उहाँलाई सहयोग गरिएको हो । तामाङले सुरुमा रिसर्चको लागि ५० बोट किवी लगाएर सुरु गरेको र त्यसबाट राम्रो आम्दानी भएपछि थप किवी खेती गरेको बताउनुहुन्छ । ८ वर्ष पुरानो किवीको एउटा बोटमा वर्षको ४० किलोसम्म फल्ने गरेको उहाँ सुनाउनुहुन्छ ।

विज्ञका अनुसार किवीको आयु ६० वर्ष हुने विस्वास गरिएको छ । अहिले किसानको बारीबाट किबी प्रतिकेजी २ सय देखि २ सय ५० सम्ममा बिक्री हुने गरेको छ । हेवार्ड, ब्रुनो र एलिसन लगायतको जातको किवी बारीमा लगाइएको छ । कूल २ सय रोपनी जग्गामा खेती गरिरहेको उहाँ बताउनुहुन्छ । अहिले जम्मा ४ हजार किवीको बोट छ । सबै बोटमा किवी फल्न सुरु भएको उहाँ बताउनुहुन्छ । किवीको बोट सानो भएकोले किवीको बोटको वरीपरि मुला र लसुन खेती समेत गर्नु भएको छ ।

करिब १ करोड ५० लाख व्यक्तिगत लगानीमा उहाँले काम गर्नु भएको छ । लिफ्टीङ सिँचाईको लागि बागमती प्रदेश सरकारको ३५ लाख अनुदान प्राप्त भएको भएको र यसका कारण धेरै सहयोग पुगेको उहाँको भनाइ छ । लिफ्टीङ सिँचाईको लागि मोटर चलाउन सोलार प्यानल जडान गरिएको छ । कृषि विकास निर्देशनालय हेटौंडाले दिएको लिफ्टीङ सिँचाइले किवी र तरकारी खेतीको लागि निक्कै सजिलो भएको छ ।

सिँचाई नहुने खोलाभन्दा उच्च स्थानमा भएकाले लिफ्टीङ सिँचाइको निक्कै महत्वपूर्ण काम गरेको निर्देशनालयका निर्देशक प्रधान बताउनुहुन्छ । किवीबाट वार्षिक कम्तिमा ५० लाख उत्पादन हुने लक्ष्य उहाँले लिनु भएको छ । किवी खेतीसंगै अर्को वर्षबाट मनपाहा पालन पनि गर्ने योजना रहेको उहाँ बताउनुहुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*