काठमाण्डाै उपत्यकामा १ हजार ८ सय ८८ सङ्क्रमित थपिए

जनपत्र
१४ कार्तिक २०७७, शुक्रबार १९:४३

काठमाण्डाै – पछिल्लाे २४ घण्टामा काठमाण्डाै उपत्यकामा एक हजार आठ सय ८८ जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शुक्रबार काठमाण्डाैमा एक हजार पाँच सय आठ जना, भक्तपुरमा एक सय ३१ जना र ललितपुरमा दुई सय ४९ जनामा सङ्क्रमण देखिएकाे हाे ।

त्यस्तै गएकाे २४ घण्टामा १४ हजार नाै सय ८९ जनाकाे नमुना सङ्कलन भएकाेमा देशैभर तीन हजार पाँच सय १७ जनामा सङ्क्रमण पुष्टि भएकाे छ । याे सङ्ख्यासँगै नेपालमा सङ्क्रमितकाे कुल सङ्ख्या एक लाख ६८ हजार दुई सय ३५ पुगेकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*