हेटौंडाका अतिविपन्न ३ सय परिवारको स्वास्थ्य विमा गरिदै

जनपत्र
१४ कार्तिक २०७७, शुक्रबार १७:०३

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा ३ सय परिवारको स्वास्थ्य विमा गरिदिने भएको छ । नगरका अति विपन्न र लोपन्मुख जातीहरुको स्वास्थ्य बिमा गर्न लागिएको उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले वताउनुभयो । पहिले अति विपन्न र लोपन्मुख परिवारको निबेदन संकलन गरेर प्राथमिकताका आधारमा वडा कार्यालयको शिफारिसमा विमा गरिने मेयर महतले वताउनुभयो ।

गरिबीका कारण उपचार गर्नै समस्या भएका परिवारका लागि यो विमा कार्यक्रमले थप सहयोग पुग्ने छ । उपमहानगरपालिकाले एक परिवारलाई ३ हजार ५ सय रुपैयाँका दरले विमा गरिदिदा सरकारले तोकिएको अस्पतालमा गएर उपचार गर्दा परिवारका सदस्यले एक लाख सम्मको उपचार गर्न पाउने छन् ।

बितेको आर्थिक वर्षमा पनि उपमहानगरपालिकाले ४ सय विपन्न परिवारको स्वास्थ्य विमा गरिदिएको र यो वर्ष पनि यस कार्यक्रमलाई निरन्तर्ता दिएको मेयर महतले वताउनुभयो । यो कार्यक्रमले गर्दा पैसा नभएकै कारण उपचार नपाउने समस्या हट्ने उहाँले वताउनुभयो । चालु आर्थिक वर्षमा स्वास्थ्य विमा गर्नका लागि उपमहानगरपालिकाले १० लाख ५० हजार रुपैयाँ छुट्याएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*