गण्डकी प्रदेशमा थप एक जना कोरोना सङ्क्रमितको ज्यान गयो, ९८ जना सङ्क्रमित थपिए
स्याङ्जा – गण्डकी प्रदेशमा थप एक जना कोरोना सङ्क्रमितको ज्यान गएको छ ।
यस्तै गण्डकी प्रदेशमा थप ९८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । आज आएको रिपोर्ट अनुसार कास्कीको पोखरा महानगरपालिकाका ६० जना, नवलपरासी बर्दघाट सुदूरपूर्वमा २२ जना, तनहुँमा ८,स्याङ्जामा ३ जना, लमजुङ र गोरखामा २/२ तथा पर्वतमा एक जना सङ्क्रमित थपिएका गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय जनाएको छ ।







