बागमती प्रदेशमा ७२ प्रतिशत कोरोना संक्रमित निको भए

कोरोना पुष्टि भएका मध्यमा ६१ हजार ४ सय ९३ जनाको संक्रमण निको भइसकेको छ ।
जनपत्र
१४ कार्तिक २०७७, शुक्रबार ०७:३६

हेटौंडा । बागमती प्रदेशमा कोरोना भाइरस संक्रमण भएका मध्यमा ७२ प्रतिशतको निको भएको छ । कोरोना निको भएसंगै सामान्य जिवनयापन गर्न थालेका छन् । हाल सम्म बागमती प्रदेशमा ८५ हजार ७ सय २९ जनामा कोरोना पुष्टि भएको छ । पुष्टि भएका मध्यमा ६१ हजार ४ सय ९३ जनाको कोरोना संक्रमण निको भइसकेको छ ।

आइसोलेनमा रहेका र होम आइसोलेसनमा संक्रमणका कारण वसेकाहरुको कोरोना निको भएको हो । नेपालभरी देखिएका कुल कोरोना संक्रमित मध्यमा यस प्रदेशमा आधा भन्दा धेरै संक्रमित देखा परेको बागमती प्रदेशको सामाजिक बिकास मन्त्रालयका कोभिड १९ का प्रबक्ता डाक्टर पुरुषोत्तम सेढाईले जानकारी दिनुभयो । कोरोना संक्रमणकै कारण यस प्रदेशमा ४ सय ३३ जनाको मृत्यु भइसकेको उहाँले वताउनुभयो ।

हिजो बागमती प्रदेशमा हिजो एकै दिनमा एक दिनमा १ हजार ८ सय २६ जनामा परिक्षणको क्रममा कोरोना भाइरस संक्रमित देखिएको छ। पहिलेको तुलनामा एकैदिन धेरैजनामा कोरोना संक्रमण पुष्टि भएको हो । बागमती प्रदेशमा विदेशबाट फर्कने भन्दा पनि समुदाय स्तरमा फैलिएको कोरोनाका कारण धेरैमा संक्रमण बढ्दै गएको हो ।

देखापरेका संक्रमित मध्यमा धेरै जना अझै उपचाररत छन् । कोरोना संक्रमणबाट स्वास्थ्यकर्मी, सुरक्षाकर्मी पनि प्रभावित भएका छन् ।
नेपालभरी देखिएका कोरोना भाइरस संक्रमण पुष्टि भएकाहरु मध्य सबै धन्दा धेरै बागमती प्रदेशमा देखा परेका छन् । अरु प्रदेशको तुलनामा बागमती प्रदेशमा धेरै संक्रमित देखा परेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*