अधिकृत ठाकुर ९० हजार घुससहित रंगेहात पक्राउ

जनपत्र
१५ चैत्र २०७५, शुक्रबार २०:०६

हेटौंडा/डिभिजन वन कार्यालय सिमराका जिल्ला वन अधिकृत शिवशंकर ठाकुर ९० हजार घुससहित रंगेहात पक्राउ परेका छन् । हेटौंडाबाट बारा पुगेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले शुक्रबार दिउ“सो अधिकृत ठाकुरलाई रंगेहात पक्राउ गरेको हो ।
उनीस“गै बन कार्यालयका सहायक अधिकृत रामजीवन केसरी २५ हजार घुससहित रंगेहात पक्राउ परेका छन् । सेवाग्राहीस“ग अधिकृत ठाकुरले ९० हजार र सहायक अधिकृत केसरीले २५ हजार घुस लिएलगत्तै अख्तियारको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
सेवाग्राहीस“ग घुस लिएर हैरान बनाएको उजुरी परेपछि प्रहरी नायब उपरीक्षक केशव भट्टराईको नेतृत्वमा अख्तियारको टोली बारा पुगेको हो । घुस प्रकरणको विषयमा थप अनुसन्धान भइरहेको अख्तियारको टोलीले बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*