मकवानपुरमा आज थप ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

जनपत्र
१४ कार्तिक २०७७, शुक्रबार ०६:२६

हेटौंडा । मकवानपुरमा आज बिहान थप ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, मनहरी गाउँपालिका र बकैयाँ गाउँपालिकामा थप ५९ जनामा कोरोना पुष्टि भएको हो । पुष्टि हुनेहरुमा २३ जना महिला र ३६ जना पुरुष रहेका छन् ।

आज पुष्टि भएकाहरुमा हेटौंडा उपमहानगरपालिकाका विभिन्न वडाका ४८ जना, थाहा नगरपालिकाका ५ जना, मनहरी गाउपालिकाका ५ जना र बकैया गाउपालिकाका १ जना कोरोना संक्रमित थपीएको उपमहानगरपालिकाका जनस्वाथ्य निरिक्षक भोला चौलागाईले वताउनुभयो । कार्तिक १३ गते संकलन गरिएको स्वाब मध्ये १ सय १० जनको परिक्षण गर्दा ५९ जनामा संक्रमण पुष्टि भएको हो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*