टिपरले बसलाई ठक्कर दिँदा ८ जना घाइते
पाल्पा – टिपरले बसलाई ठक्कर दिँदा पाल्पामा आठ जना घाइते भएका छन् । पाल्पा–बुटवल सडकको सिद्धार्थ राजमार्गमा पर्ने तानसेन नगरपालिका ७ को बाँसटारीमा टिपरले बसलाई ठक्कर दिएको हो ।
दुर्घटनामा बसका चालक रिब्दीकोट गाउँपालिका २ का ४५ वर्षीय केशव भट्टराई, रिब्दीकोट १ का २३ वर्षीय शालिकराम विक, त्यही ठाउँका ५८ वर्षीय चन्द्रबहादुर सुनार र बुटवल उपमहानगरपालिका ३ को रुपन्देहीकी १६ वर्षीया पूजा सुनार घाइते भएका हुन् ।
त्यस्तै पूर्वखोला गाउँपालिका ३ की ३२ वर्षीया हिरादेवी राना, रिब्दीकोट गाउँपालिका ४ का ३४ वर्षीय शेरबहादुर थापा, तिलोत्तमा नगरपालिका ३ रुपन्देहीकी ७१ वर्षीया दुर्पता गैरे र नवलपरासीका योगेश घर्ती घाइते भएका हुन् ।







