हेटौंडामा एक वर्षमा थपीए ९३३ घर

जनपत्र
१३ कार्तिक २०७७, बिहीबार ०७:५३

हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा एक वर्षको अवधिमा नयाँ घर बन्नका लागि ९ सय ३३ वटा नक्सा पास भएका छन् । उपमहानगरपालिकाको साविकका ११ वटा वडामा सबै भन्दा धेरै नयाँ घर बनेका छन् । बितेको एक आर्थिक वर्षमा नयाँ घर निर्माणका लागि ९ सय ३५ जनाले नक्सा पेस गरेको र ९ सय ३३ वटा नक्सा पास गरिएको उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले वताउनुभयो ।

पुराना बनेका घर भन्दा पनि अधिकांशले नयाँ घर निर्माणका लागि नक्सा पास गरेका छन् । उपमहानगरपालिका भएपछी यस क्षेत्रमा नयाँ घर निर्माण गरेर बस्ने परिवार पनि थपीदै गएका छन् । घर थपीएसंगै उपमहानगरपालिका क्षेत्रमा जनसख्या पनि वढ्दै गएको छ ।

कामको शिलशिलामा हेटौंडामा अस्थायी वसोवास गर्नेसंगै घरनै बनाएर वस्ने परिवार पनि थपीदै गएको मेयर महतले वताउनुभयो । वितेको एक वर्षको अवधिमा नक्सा म्याद थपको काम भने ३३ जनाले गरेका छन् । नक्सा नामसारी भने ९६ जनाले गरेको उहाँले वताउनुभयो । यो एक वर्षको अवधिमा सडक सार्वजनिक र प्लटीङ स्वीकृत भने गरिएको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*