बागमती प्रदेश प्रमुख प्रसाईलाई कोरोना संक्रमण पुष्टि
हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाई र बागमती प्रदेशको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार राजेश प्रसाईलाइ कोरोना संक्रमण पुष्टि भएको छ । दुबै जनालाई कोरोनाको लक्षण देखिएपछी गृह जिल्ला झापामा जाँचको क्रममा कोरोना संक्रमण पुष्टि भएको प्रदेश प्रमुख प्रसाईले वताउनुभयो ।
दुबै जना बाबु छोरा दशै मान्नका लागि गृह नगर झापा गएको समयमा कोरोना पुष्टि भएको हो । अहिले उहाँका परिवार होम आइसोलेसनमा रहनुभएको छ । एक साता अघिदेखि नै झापाको मेचीनगरस्थित घर जानु भएका प्रदेश प्रमुखलाई शरीर दुख्ने, पसिना आउने जस्ता सामान्य लक्षण देखिएका उहाँ होम आइसोलेसनमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको वताउनुभयो ।







