काठमाण्डाै उपत्यकामा ८४३ सङ्क्रमित थपिए

जनपत्र
१२ कार्तिक २०७७, बुधबार १७:१२

काठमाण्डाै – पछिल्लो २४ घण्टामा काठमाण्डाै उपत्यकामा आठ सय ४३ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बुधबार काठमाण्डाैमा ६ सय ९६, ललितपुरमा एक सय १८ र भक्तपुरमा २९ जनामा कोरोना सङ्क्रमण देखिएको हो ।

यसैबीच नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या एक लाख ६२ हजार तीन सय ५४ पुगेको छ भने कोरोनामुक्त हुनेको सङ्ख्या एक लाख २१ हजार आठ सय २४ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा देशैभर एक हजार नाै सय ५४ जनामा सङ्क्रमण पुष्टि भएकाे छ भने दुई हजार नाै सय ८१ जना डिस्चार्ज भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*