वैशाखयता विपदमा परेर ४६३ को मृत्यु
काठमाडौं । बाढी, पहिरो, चट्याङ जस्ता विपदमा परेर वैशाखयता ४६३ जनाको मृत्यु भएको छ भने १०१ जना बेपत्ता छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा बढी पहिरोले २९५ को ज्यान लिएको छ । यस्तै, चट्याङबाट ६५, बाढीबाट ४२, सर्पदंशबाट २१, अविरल वर्षाबाट १५, आगलागीबाट १३ र जनावरको आक्रमणबाट १२ जनाको मृत्यु भएको छ ।







