बागमती प्रदेशमा ८२ हजार ५६७ जना संक्रमित, ४०९ जनाको मृत्यु, ५५ हजार ९६२ जना डिस्चार्ज

जनपत्र
११ कार्तिक २०७७, मंगलवार ०७:०२

हेटौंडा । बागमती प्रदेशमा हाल सम्म ८२ हजार ५ सय ६७ जनामा कोरोना पुष्टि भएको छ । नेपालभरी देखिएका कुल कोरोना संक्रमित मध्यमा यस प्रदेशमा आधा भन्दा धेरै संक्रमित देखा परेको बागमती प्रदेशको सामाजिक बिकास मन्त्रालयका कोभिड १९ का प्रबक्ता डाक्टर पुरुषोत्तम सेढाईले जानकारी दिनुभयो । कोरोना संक्रमणकै कारण यस प्रदेशमा ४ सय ९ जनाको मृत्यु भइसकेको उहाँले वताउनुभयो ।

हिजो बागमती प्रदेशमा हिजो एकै दिनमा एक दिनमा १ हजार ५७ जनामा परिक्षणको क्रममा कोरोना भाइरस संक्रमित देखिएको छ। पहिलेको तुलनामा एकैदिन धेरैजनामा कोरोना संक्रमण पुष्टि भएको हो । बागमती प्रदेशमा विदेशबाट फर्कनेसंगै नेपालमै रहेकाहरुमा पनि कोरोना देखिएको छ ।

देखापरेका संक्रमित मध्यमा धेरैजसो उपचाररत छन् । बागमती प्रदेशमा विदेशबाट फर्किएकाहरु भन्दा पनि अहिले स्थानीय समुदायमानै वसेकाहरुमा कोरोना संक्रमण देखापरेको छ । कोरोना संक्रमणबाट स्वास्थ्यकर्मी, सुरक्षाकर्मी पनि प्रभावित भएका छन् । यस प्रदेशमा कोरोना संक्रमण पुष्टि भएका मध्यमा ६८ प्रतिशत निको भएर डिस्चार्ज समेत भएका छन् ।

प्रदेशमा ५५ हजार ९ सय ६२ जना कोरोना संक्रमित उपचार पछी विभिन्न अस्पतालबाट डिस्चार्ज भएको बागमती प्रदेशको सामाजिक बिकास मन्त्रालयका डाक्टर सेढाईले जानकारी दिनुभयो ।

नेपालभरी देखिएका कोरोना भाइरस संक्रमण पुष्टि भएकाहरु मध्य सबै धन्दा धेरै बागमती प्रदेशमा देखा परेका छन् । अरु प्रदेशको तुलनामा बागमती प्रदेशमा धेरै संक्रमित देखा परेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*