चीनको काशगार सहरमा एक जनामा कोरोना सङ्क्रमण देखिएपछि पुरै सहरबासीको पीसीआर गरिँदै
चीनले सिन्जियाङ् प्रान्तको काशगार शहरका झण्डै ४७ लाख मानिसको एकैपटक कोरोना परीक्षण गर्ने भएको छ ।
चिनियाँ मुख्य भूभागमा गएको १० दिनयता पहिलो पटक कोरोनाभाइरस सङ्क्रमित फेला परेका हुन् । त्यसपछि व्यापक रुपमा शुरू गरिएको परीक्षणका क्रममा लक्षण नदेखिएका थप १३७ जना फेला परेका खबरमा उल्लेख छ । केही समयभित्रै पुरै शहरका सबै मानिसको परीक्षण गर्ने अधिकारीहरुले बताएका छन् ।
काशगार शहरका विद्यालयहरू शहरका पुरै विद्यालय बन्द गरिएका छन् भने शहरका सबै मानिसको नेगेटिभ रिपोर्ट नआएसम्म त्यहाँका बासिन्दालाई शहर छोड्ने अनुमति दिइएको छैन । चीनमा अहिलेसम्म् ८५ हजार आठ सय १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने चार हजार छ सय ३४ जनाको ज्यान गइसकेको छ । ८० हजार नौ सय ११ जना कोरोनामुक्त भइसकेकाले अब चीनमा दुई सय ६५ जना सक्रिय सङ्क्रमित रहेका छन् ।







