मकवानपुरमा आज दिउसो थप २४ जनामा कोरोना पुष्टि
हेटौँडा । मकवानपुर आज दिउसो थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज बिहान ६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । कार्तिक ९ गते संकलन गरिएको ५५ जनाको स्वाबमा २४ जनामा कोरोना पुष्टि भएको हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईंले वताउनुभयो ।
हेटौँडा–१० मा रहेको किटजन्य रोग तथा तालिम केन्द्रको प्रयोगशालामा गरिएको परीक्षणमा २४ जनामा कोरोना पुष्टि भएको हो। थपिएका २४ जना मध्ये १४ महिला र १० पुरुष रहेका छन् । थपिएका २४ मा १८ जना हेटौँडा उपमहानगरपालिका भित्रका र बाकी रहेका ६ जना मनहरी र मकवानपुर गाढीका रहेका छन्।








