थप २ हजार आठ सय ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि

जनपत्र
९ कार्तिक २०७७, आईतवार १६:४०

काठमाण्डाै – गएको २४ घण्टामा थप २ हजार आठ सय ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

१२ हजार तीन सय ११ जनाको स्वाब परीक्षण गरिएकोमा २ हजार आठ सय ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या एक लाख ५८ हजार ८९ पुगेको छ ।

आज थपिएका मध्ये एक हजार पाँच सय ३५ जना काठमाण्डौ उपत्यकाका रहेका छन् । यस्तै गएको २४ घण्टामा तीन हजार तीन सय ३६ जना कोरोना सङ्क्रमण मुक्त भएसँगै कोरोनाबाट निको हुनेको संख्या एक लाख ११ हजार छ सय ७० पुगेको छ ।

अब नेपालमा ४५ हजार पाँच सय ७२ जना सक्रिय सङ्क्रमित रहेका छन् । यस्तै गएको २४ घण्टामा पाँच जनाको ज्यान गएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या आठ सय ४७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*