लगानी सम्मेलनमा प्रदेश–३ सरकारका २४ परियोजान, समेलनका लागि मुख्यमन्त्री पौडेल काठमाण्डौमा

प्रदेश ३ मा सरकारी स्तरका १६ र निजी क्षेत्रका ८ वटा परियोजना, योजना सम्पन्न गर्नका लागि १३ हजार मिलीएन डलर लाग्ने अुनमान ।
हरि हुमागाई
१४ चैत्र २०७५, बिहीबार १७:४५

हेटौंडा । अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा तीन नंम्बर प्रदेश सरकार संगको छलफलमा २४ वटा परियोजानको छनौट भएका छन् । प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा भएको छलफल पछी सरकारी स्तरका १६ वटा र निजि क्षेत्रका ८ वटा परियोजना सम्मेलनमा आउने विदेशी लगानीकर्तालाई देखाउन लगानी बोर्ड मकार्फत लगिएको तीन नंम्बर प्रदेशका प्रदेश निति तथा योजान आयोगका उपाध्यक्ष डाक्टर खिमलाल देबकोटाले बताउनुभयो ।

लगानी समेलनका लागि तीन नंम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल काठमाण्डौ गईसक्नुभएको छ । लगानी समेलनमा प्रदेश ३ का योजनालाई बढी महत्वका साथ मुख्यमन्त्री पौडेलले उठाउने तयारी भएको उहाँका स्वकिय सचिब अनुप पौडेलले बताउनुभयो । लगानी समेलनमा आफ्ना प्रदेशका महत्वपुर्ण र दिर्घकालिन प्रभाब पार्ने योजनालाई जोडदार रुपमा पहल गर्ने तयारी प्रदेश सरकारको रहेको छ ।

सरकारले लगानी समेलनमा छलफलका लागि तयार पारेका ७७ वटा परियोजना मध्यमा २४ वटा यस प्रदेशको परेको छ । मुख्यमन्त्री कार्यालयमा भएको छलफलपछी १३ हजार २ सय ८४ मिलियन डलरका योजनाहरु त्यार पारिएको देबकोटाले जानकारी दिनुभयो । प्रदेश सरकार अन्तरग परेका योजनाहरु सबैभन्दा बढी काठमाण्डौ उपत्यकामा रहेका योजना छनौट गरिएको छ ।

सरकारी स्तरका १२ हजार ७ सय ४४ दशमलब १ मिलीयन डलरको र निजि क्षेत्रका ८ वटा योजानमा ५ सय ४० मिलीयन डलरका योजान रहेका छन् । देसैभरी गरी ७७ वटा परियोजान छनौट भएकोमा प्रदेश ३ मा मात्र २४ वटा योजान छनौट भएका हुन् । देशैभरीमा निजी क्षेत्रको लागि २७ र सार्वजनिक निजी साझेदारीमा बनाउन सकिने ५० वटा परियोजना विदेशी लगानीकर्तालाई लगानीकर्तालाई देखाइनेछ । यस्ता परियोजनाको लागत ३४ खर्ब रुपैयाँको हाराहारीमा रहेको छ ।
लगानी समेलनका लागि यस्ता छन् योजना लगानी सम्मेलनको लागि सरकारले सानादेखि ठूला विदेशी लगानीकर्तालाई पनि आकर्षित गर्ने गरी ३७ करोड रुपैयाँदेखि ३ खर्ब ६९ अर्ब रुपैयाँसम्मका झण्डै ३४ खर्ब रुपैयाँ लाग्ने ७७ वटा परियोजना तयार गरेको छ । जसमा २७ वटा परियोजना निजी क्षेत्रको लागि छन् भने सार्वजनिक क्षेत्रको लागि ५० वटा परियोजना छुट्याइएको छ ।
निजी क्षेत्रको लागि छानिएका परियोजना

अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा निजी क्षेत्रको लागि ३ खर्ब ६९ रुपैयाँ लागतका २७ वटा परियोजना राखिएको छ । जसमा १७ वटा जलविद्युत परियोजना छन् भने स्वर्गद्वारी, मुक्तिनाथ,जाल्पादेवी र अन्नपूर्ण सिक्लेसमा केवल कार, पाँचतारे होटल र केही सिमेन्ट कम्पनी रहेका छन् ।
निजी क्षेत्रको लागि छुट्याइएका परियोजना र लागत लागत मिलियन अमेरिकी डलरमा ।
१। त्रिशुली गल्छी जलविद्युत परियोजना ५३
२। मध्य कालिगण्डकी जलविद्यतु आयोजना ९६
३। इन्गवाखोला जलविद्युत आयोजना ३०
४। माथिल्लो चमेलिया जलविद्युत आयोजना ७०
५। म्याग्दीखोला जलविद्युत आयोजना १००
६। गरुड सिमेन्ट १३०
७। आइएमइ सिमेन्ट १५०
८। जाल्पादेवी केबलबार परियोजना १६
९। स्वर्गद्वारी केबलकार परियोजना १६
१०। अन्नपूर्ण सिक्लेस केवलकार परियोजना ३१
११। रिसोर्स हिमालय बुटिक होटल ५६
१२। तल्लो बरुणखोला जलविद्युत आयोजना २५०
१३। कालिगण्डकी गोर्ज जलविद्युत आयोजना २६९
१४। माथिल्लो बलेफी जलविद्युत ७२।५
१५। माथिल्लो बलेफी ए जलविद्युत ५५।५
१६। नाम्लाङखोला जलविद्युत आयोजना ३५०
१७। तारपखोला जलविद्युत आयोजना ७७
१८। विशाल सिमेन्ट १५०
१९। भोटेकोशी ५ जलविद्युत आयोजना १०५
२०। मस्र्याङदी ७ जलविद्युत परियोजना १७०
२१। माथिल्लो दुधखोला जलविद्युत आयोजना ४८
२२। काबेली ३ जलविद्युत आयोजना ४० मेगावाट
२३। माथिल्लो लाप्चे जलविद्युत आयोजना ७९
२४। हायत प्लालेस होटल २६।३
२५। सिटी अफ ड्रिम्स ६०
२६। बुढीगण्डकी जलविद्युत परियोजना ५००
२७। मुक्तिनाथ केबलकार ४४१

सार्वजनिक क्षेत्रका लागि छुट्याइएका परियोजना

लगानी बोर्डले सार्वजनिक क्षेत्रको लागि झण्डै ३० खर्ब रुपैयाँ लगानी लाग्ने ५० वटा परियोजना लगानीकर्तालाई देखाउँदैछ । जस्मा ८ वटा जलविद्युत आयोजना छन् । यी परियोजनाको लागत १० खर्ब रुपैयाँ भन्दा धेरै देखाइएको छ ।
सबैभन्दा ठूलो पोखरा लुम्बिनी विद्युतीय रेलको परियोजना राखिएको छ । जसको लागत ३ खर्ब ७१ अर्ब लाग्ने अनुमान छ । यस्तै निजगढ अन्तर्र्राष्ट्रिय विमानस्थल, काठमाण्डौ मेट्रो रेल र पूर्व पश्चिम विद्यूतीय रेलको लगात ३ खर्ब ३१ अर्बका दरले राखिएको छ । यस्तै झण्डै २ खर्ब रुपैयाँ बराबरको सुनकोशी जलविद्युत र १ खर्ब ६३ अर्ब रुपैयाँको पश्चिम सेती लगायतका ठूला जलविद्युत आयोजना पनि राखिएको छ ।

सार्वजनिक क्षेत्रका लागि छुटइएका परियोजना र लागत लागत मिलियन अमेरिकी डलरमा ।

१। काठमाण्डौ रिङरोड बस रापिड ट्रान्जिट परियोजना १४९।५०
२। फोहोरमैला व्यवस्थापन परियोजना बुटवल ८।५०
३। एकीकृत कृषि पूर्वाधार परियोजना पर्सागढी ६।१०
४। तमोर जलाशय परियोजना १३५०
५। जानकी क्षेत्र विशेष परियोजना २०
६। फोहोर मैला व्यवस्थापन केन्द्र जनकपुर ६।१०
७। दोलखा फिल्म सिटी परियोजना २५
८। गण्डकी प्राविधिक विश्वविद्यालय ६१
९। एकीकृत कृषि पूर्वाधार परियोजना, बनेपा र चितवन ४।४३
१०। तालतैया पर्यटन परियोजना ४१
११। फोहोरमैला व्यवस्थापन केन्द्र रत्ननगर ५।५०
१२। फोहोरमैला व्यवस्थापन केन्द्र धुलिखेल ४।३०
१३। फोहोरमैला व्यवस्थापन केन्द्र जितपुर सिमरा ८।३०
१४। रामग्राम तिलौराकोट बस रापिड ट्रान्जिट २०२
१५। सूदुरपश्चिम परिवहन ४३
१६। हेटौंडा स्मार्ट सिटी परियोजना ३००
१७। एकीकृत कृषि पूर्वाधार आयोजना वीरेन्द्रनगर ३।१५
१८। लुम्बिनी इन्टरनेशनल म्याट्रिनिटी अस्पताल ३९
१९। धुलिखेल मेडिसिटी परियोजना ७४
२०। सुनकोशी जलविद्युत आयोजना १८००
२१। सुनकोशी दोस्रो जलविद्युत आयोजना १०००
२२। नलसिंहगाड जलविद्युत ९५०
२३। एसआर सिक्स जलविद्युत परियोजना ८००
२४। एकीकृत कृषि पूर्वाधार आयोजना हेम्जा ५।६३
२५। सिमरा विशेष आर्थिक क्षेत्र ब्लक बी र सी ४४।८६
२६। मोतिपुर औद्योगिक क्षेत्र बुटवल ८०।२७
२७। नौवस्ता औद्योगिक क्षेत्र परियोजना ७७।६०
२८। अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परियोजना भक्तपुर १६
२९। धुलिखेल ड्रिमल्याण्ड ४३
३०। पश्चिम सेती जलविद्युत आयोजना १४८०
३१। निजगढ अन्तर्राष्ट्रिय विमानस्थल ३०००
३२। पूर्वपश्चिम विद्युतीय रेल ३०००
३३। पोखरा काठमाण्डौ लुम्बिनी विद्युतीय रेल ३३५७
३४। काठमाडौं मेट्रो स् ३०००
३५। एकीकृत कृषि पूर्वाधार परियोजना मणिग्राम ६।६६
३६। एकीकृत कृषि पूर्वाधार परियोजना गोदावरी ३।१४
३७। एकीकृत कृषि पूर्वाधार परियोजना उर्लाबारी ५।४५
३८। रासायानिक मल कारखाना ६५०
३९। पश्चिम सेती एस आर सिक्स संयुक्त विद्युत परियोजना ः २२८०
४०। दमौली बहुउदेश्यीय परियोजना ५५
४१। दोलखा शाहसिक शिक्षालय ४५
४२। शे–फोक्सुन्डो लक्जरी रिसोर्ट १००
४३। शिक्षा, खेलकुद तथा स्वास्थ्य शहर १००
४४। स्की रिसोर्ट मनाङ १००
४५। धनगढी क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल २५८
४६। विराटनगर क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल ३६४
४७। सामाखुसी टोखा छहरे सडक स्तरोन्नति परियोजना २६४
४८। काठमाण्डौ बाहिरी रिङरोड परियोजना १८७१
४९। तल्लो अरुण परियोजना २३००
५०। खप्तड एकीकृत पर्यटन परियोजना १८७

लगानी बोर्डले कसरी छान्यो परियोजना ?

लगानी सम्मेलनको लागि लगानी बोर्डले के को आधारमा यतिधेरै परियोजना छान्यो र लागत कसरी निकाल्यो भन्ने बहस पनि सुनिन थालेको छ । तर लगानी बोर्डले भने हरेक परियोजना अध्ययन गर्न र लागत अनुमान निकाल्न चारदेखि ६ जनाको टोली नै खटाएको थियो ।
नेपालमा अहिले भैरहेका जलविद्युत, सडक, केवलकार, होटल लगायतका संरचनाको अधिकतम लगानीका आधारमा लगानी बोर्डले ७७ वटा परियोजनाको लागत तयार पारेको दावी गरेको छ ।
बोर्डका सीईओ महाप्रसाद अधिकारीले भन्नुभयो, ‘हामीले हरेक परियोजनामा ६ जनाको टिम खटाएर अध्ययन गरेका छौं, त्यसैले यसलाई हचुवाका भरमा लागत अनुमान गरियो भन्नु गलत हुन्छ ।’
अधिकारीले थप्नुभयो ‘केही हामीले पूर्व सम्भाव्यता अध्ययन गरेका छौं केहीको भने जसले लगानी गर्ने हो उसले नै पूर्व सम्भाव्यता अध्ययन गर्छ र परियोजना अघि बढाउँछ ।’

विदेशीलाई सुहाउँदा परियोजना छन् स् निजी क्षेत्र

बुधबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा युवराज खतिवडाले नेपाल उद्योग वाणिज्य संघकी अध्यक्ष भवानी राणा, उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा, चेम्बर अफ कमर्सका राजेशकाजी श्रेष्ठ लगायतका निजी क्षेत्रलाई राखेर सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार छ भन्ने संदेश दिनुभयो ।
निजी क्षेत्रको नेतृत्वकर्ताले पनि सरकारको कामको खुलेरै प्रसंशा गरे ।
‘सरकारले अहिले विदेशीलाई देखाउन छानेका परियोजना एकदमै राम्रा छन्, ३० करोड हाराहारीदेखि पौने ४ खर्ब रुपैयाँसम्मका आयोजना राखिएका छन्, यसले सबै स्तरका विदेशी लगानीकर्तालाई आकर्षण गर्छ’ नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले भन्नुभयो, ‘नेपालमा सानातिना कमीकमजोरी नभएका होइनन्, तर अहिले लगानीको लागि धेरै नै उपयुक्त वातावरण छ ।’
यस्तै महासंघी अध्यक्ष भवानी राणाले पनि अहिले धेरै विदेशीको नजरमा नेपाल लगानीको थलो भएको बताउनुभयो । ‘पोहोरसम्म हामीले विदेशीलाई लगानी गर्न आउनुस् भन्दा, नेपालमा शान्ति सुरक्षा र स्थायित्व नै छैन भन्थे, तर अहिले भने उनीहरु नेपाल आउनको लागि खासै नराम्रा कुरा भन्दैनन्, हाम्रो स्थायित्व, उर्जा, श्रम लगायतका कारण विदेशीले नेपालमा लगानी गरौं गरौ भन्ने भावना व्यक्त गरेका हामी पाउँछौं’ महासंघकी अध्यक्ष भवानी राणाले भन्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*