कर्णाली प्रदेशले काेराेना सङ्क्रमितको निःशुल्क उपचार गर्ने
सुर्खेत – कर्णाली प्रदेश सरकारले कोभिड–१९ का लक्षणसहितका बिरामीको निःशुल्क परीक्षण तथा उपचार गर्ने भएको छ । मुख्यमन्त्री तथा परिषद् कार्यालयको प्रस्तावमा मन्त्रिपरिषद्को शनिबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
कोरोना सङ्क्रमित विपन्न नागरिकको मात्र उपचार गर्ने सङ्घीय सरकारकाे निर्णयलाई अहिले प्रदेश सरकारले चुनाैती दिइरहेका छन् ।







