गएकाे २४ घण्टामा काठमाण्डाै उपत्यकामा २ हजार ७२० जना सङ्क्रमित थपिए

जनपत्र
७ कार्तिक २०७७, शुक्रबार १८:०४

काठमाण्डाै – पछिल्लाे २४ घण्टामा काठमाण्डाै उपत्यकामा दुई हजार सात सय २० जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार काठमाण्डाैमा दुई हजार तीन सय ५७ जना, भक्तपुरमा एक सय २७ जना र ललितपुरमा दुई सय २६ जनामा काेराेना सङ्क्रमण देखिएकाे हाे ।

यस्तै गएकाे २४ घण्टामा देशैभर १६ हजार आठ सय ६३ जनाको पीसीआर परीक्षण गर्दा चार हजार चार सय ९९ जनामा सङ्क्रमण पुष्टि भएकाे मन्त्रालयले जनाएकाे छ । अब नेपालमा सङ्क्रमितकाे कुल सङ्ख्या एक लाख ५० हजार नाघेकाे छ ।

त्यस्तै सङ्क्रमण पुष्टि भएकामध्ये एक लाख दुई हजारभन्दा धेरै डिस्चार्ज भइसकेका छन् भने आठ सय १२ जनाकाे ज्यान गएकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*