अमेरिकामा कोरोना सङ्क्रमितको उपचारमा रेमडेसिभिर प्रयोगका लागि पूर्ण स्वीकृति

जनपत्र
७ कार्तिक २०७७, शुक्रबार १४:२३

काठमाण्डाै – अमेरिकाले कोरोना सङ्क्रमितको उपचारमा एन्टिभाइरल औषधि रेमडेसिभिरको प्रयोगका लागि पूर्ण स्वीकृति दिएको छ ।

अमेरिकाको फूड एण्ड ड्रग एड्मिनिस्ट्रेसन एफडीएले क्लिनिकल ट्रायलको क्रममा रेमडेसिभिरले बिरामीको अस्पताल बसाइ औषतमा पाँच दिनले कम गराएको पाइएको भन्दै उपचारमा त्यसको प्रयोगलाई पूर्ण स्वीकृति दिएको हो । यसअघि आपतकालिन प्रयोगका लागि मात्रै स्वीकृति पाएको रेमडेसिभिर औषधिलाई एफडीएले स्वीकृति प्रदान गरेको हो ।

यसरी पूर्ण स्वीकृति पाउने यो औषधि पहिलो बनेको छ । विश्व स्वास्थ्य संगठन डब्लूएचओले कोरोना भाइरसको सङ्क्रमण भइ अस्पताल भर्ना भएका बिरामीको निको हुने दर तथा मृत्युदर कम गर्नमा रेमडेसिभिर औषधिको प्रभावकारिता अति न्यून रहेको बताएको केही दिनपछि अमेरिकाले औषधि प्रयोगमा पूर्ण स्वीकृति दिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*