परिवार भित्र रहेर चार्डपर्ब मनाउन बागमती प्रदेश प्रमुख प्रसाईको आग्रह
हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईले नेपालीहरुको महानपर्व दशै, तिहार, नेपाल सम्वत र छट पर्बको शुभकामना दिनु भएको छ ।
कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले पारिवारिक सिमीत घेरा भित्र रहेर चार्डपर्ब मनाउनका लागि उहाँले आग्रह गर्नुभएको छ । कोरोना संक्रमणको बिचमा पनि कसैको सानो लापरबाहीले निकै जोखिम हुन सक्ने भएकाले स्वास्थ्य सावधानी अपनाउनका लागि उहाँले आग्रह गर्नुभएको छ । चार्डपर्बका अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले यस्तो आग्रह गर्नु भएको हो ।

चार्डपर्बको आसिरबाद ग्रहण गर्दा, भेटघाटलाई पनि प्रविधिको प्रयोग गर्नका लागि प्रदेश प्रमुख प्रसाईले आग्रह गर्नुभएको छ । अहिलेको दशैबाट कोरोना कहरबाट सबैलाई मुक्ति मिलोस भन्ने शुभकामना पनि उहाँले व्यक्त गर्नु भएको छ ।
प्रदेश प्रमुख प्रसाईले दिनु भएको शुभकामना सन्देश जस्ताको तेस्तै ।







