हेटौंडाका थप ४३ जनामा कोरोना संक्रमण

जनपत्र
६ कार्तिक २०७७, बिहीबार १८:२७

हेटौंडा । हेटौंडा उपमहानगरपालिका क्षेत्रमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४२ जना हेटौंडाका स्थायी वासिन्दा र एक जना काठमाण्डौ घर भइ कामको शिलसिलामा हेटौंडामा वस्दै आएकामा कोरोना पुष्टि भएको हो ।

संक्रमित हुनेहरुमा १९ जना महिला र २४ जना पुरुष रहेको हेटौंडा उपमहानगरपालिकाका जनस्वाथ्य निरिक्षक भोला चौलागाईले वताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*