कलाकार हरिवंश आचार्य दम्पती काेराेना सङ्क्रमणबाट मुक्त

जनपत्र
६ कार्तिक २०७७, बिहीबार १८:००

काठमाण्डाै – वरिष्ठ हास्य कलाकार हरिवंश आचार्य र उहाँका श्रीमती रमिला आचार्य कोरोना भाइरसकाे सङ्क्रमणबाट मुक्त हुनुभएकाे छ ।

सामाजिक सञ्जाल फेसबुलमा स्टाटस लेख्दै वरिष्ठ कलाकार आचार्यले आफूहरु कोरोनामुक्त भएको जानकारी दिनुभएकाे हाे ।

फेसबुकमा कलाकार आचार्यले आफूहरुको रिपोर्ट नेगेटिभ आएको भन्दै माया गर्ने सबैलाई धन्यवाद दिनुभएकाे छ । १६ दिनअघि कोरोना भाइरसको सङ्क्रमण देखिएपछि आचार्य दम्पती होम आइसोलेशनमा रहनुभएकाे थियाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*