बागमती सरकारले २ सय युवालाई उद्यमी वनाउँदै

बागमती सरकारसंगको सहकार्यमा १५ लाख सम्मको विना धितो ऋणसंगै निः शुल्क तालिम दिएर एक जनालाई २ करोड सम्म सहुलियत कर्जाबाट २ अर्व रुपैयाँ सम्म लगानी गर्ने तयारीमा लागिएको छ ।
जनपत्र
५ कार्तिक २०७७, बुधबार १९:०८

हेटौंडा । बागमती प्रदेश सरकारसंगको सहकार्यमा उद्यमी बन्न चाहने युवाका लागि स्टार्टअप आइडिया कल हुने भएको छ । उद्यमी बन्न चाहने युवाका लागि नयाँ अवसर समेत सृजना भएको छ । यसका लागि निशुल्क तालीम देखि १ देखि ३ प्रतिशत ब्याजदरमा सहुलियत कर्जा प्रवाह हुने बागमती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सूचना अधिकारी नवराज पुणासैनीले जानकारी दिनुभयो ।

बागमती सरकारसंगको सहकार्यमा १० लाख सम्मको विना धितो ऋणसंगै निः शुल्क तालिम दिएर एक जनालाई २ करोड सम्म्को सहुलियत कर्जाबाट २ अर्व रुपैयाँ सम्म लगानी गर्ने तयारीमा लागिएको उहाँले वताउनुभयो । उद्यमी बन्न चाहने युवाका लागि बागमती प्रदेश सरकार, राष्ट्रिय बाणिज्य बैंक र विशाल फाउण्डेशनले संयुक्तरुपमा नवप्रवद्र्धन प्रस्ताव आह्वान आयोजना सम्वन्धी समझदारी पत्रमा आज हस्ताक्षर भएको छ । बागमती प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालको बिशेष उपस्थीतिमा समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

कार्यक्रममा मन्त्रालयका सचिव डाक्टर सिन्धुप्रसाद ढुङ्गाना, मन्त्रालयका महासाखा प्रमुख निरञ्जन क्षेष्ठ, राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र विशाल फाउण्डेशनका अध्यक्ष नरेशप्रसाद श्रेष्ठबिच समझदारी पत्रमा हस्ताक्षर भएको हो । यो प्रदेश सरकार संगको कार्यक्रमबाट बैकसंगको सहकार्यमा प्रदेश सरकारले छनौट गरेका उद्यमीलाई प्रोत्साहन गर्नेगरी कार्यक्रम गर्न लागिएको हो । १५ लाख सम्मको विना धितोको ऋण सहुलियत दरमा पाउँछन् । मन्त्रालयले छनौट गरेकाले मात्र पाउँछन् ।

कार्यक्रमलाई संबोधन गर्दै मन्त्री अरुण नेपालले यो कार्यक्रम राम्रो र उपयोगि भएको वताउनुभयो । यस कार्यक्रमबाट युवा उद्यमीहरु सहभागि बन्न आग्रह समेत गर्नुभयो । यो कार्यक्रमले कम्तीमा २ सय उद्योगी उत्पादन गर्ने मन्त्री नेपालले वताउनुभयो । समझदारी पत्र हस्ताक्षर समारोहमा बोल्दै मन्त्री नेपालले ज्ञान, सीप र क्षमता भएका युवालाई देशमै उद्यमी बनाउन निशुल्करुपमा तालीम प्रदान गर्ने बताउनुभयो ।

ज्ञान, सीप र प्रविधिसहित निकै सस्तो ब्याजदरमा बिनाधितो युवाहरुले कर्जा समेत प्राप्त गर्ने भएकाले यो आर्थिक बर्षमा १ सय भन्दा बढि नयाँ स्टार्टअप कम्पनीहरु स्थापना हुने मन्त्री नेपालले बिश्वास ब्यक्त गर्नु भयो । अरुलाई अर्कोवर्ष पनि उद्यमी वनाइने वताउनुभयो ।

यस कार्यक्रम मार्फत प्रवाह गरीने कर्जा न्युनतम १ देखि अधिकत्म ३ प्रतिशत ब्याजदर कायम गरीएको र अधिकत्म १५ लाख सम्म सहुलियत कर्जा प्रवाह गरिने बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले बताउनु भयो ।

नवप्रवद्र्धन प्रस्ताव आह्वान, तालीम सञ्चालन र सहुलियत कर्जा प्रवाह कार्यक्रमको समन्वय गरिरहेको विशाल फाउण्डेशनका प्रमुख कार्यकारी अधिकृत विशाल गैरेले नयाँ युवा उद्यमीका पुर्ण प्याकेजसहितको कार्यक्रम डिजाइन गरिएको जानकारी दिनुभयो । नयाँ –नयाँ आइडिया भएर पनि कहाँ जाने, कस्लाई भेट्ने, लगानी कसरी खोज्ने, तालीम कसरी लिने भनेर दुविधामा भएका युवाहरुलाई निशुल्करुपमा सरकार, निजि क्षेत्रसहितको साझेदारीमा यो कार्यक्रम अगाडी सारेको फाउण्डेशनका प्रमुख कार्यकारी अधिकृत विशाल गैरेको भनाई रहेको छ ।

समझदारी अनुसार मङ्सीर पहिलो हप्ताबाट आइडिया कल सुरु हुने छ । पुस र माघ महिनामा आइडिया पठाउने युवाहरुलाई तालीम प्रदान गरी फागुन र चैत्र महिनामा सहुलियकतपुर्ण कर्जा प्रवाह हुने छ । नेपालमा उद्यमी बन्न चाहने युवाका लागि यो स्टार्टअप आइडिया कल निकै उपयोगी हुने आयोजकहरुले बताएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*