हेटौंडाका थप ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

जनपत्र
५ कार्तिक २०७७, बुधबार १७:०३

हेटौंडा । हेटौंडा उपमहानगरपालिका क्षेत्रका थप ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हेटौंडाका स्थायी वासिन्दा ६३ जना र बाहिरी जिल्ला घरभइ हेटौंडामा कामको शिलशिलामा वस्दै आएका गरी ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज संक्रमण पुष्टि भएका सबै भन्दा धेरै हेटौंडा ९ का रहेका छन् । संक्रमित हुनेहरुमा ३५ जना पुरुष र ३० जना महिला रहेको हेटौंडा उपमहानगरपालिकाका जनस्वाथ्य निरिक्षक भोला चौलागाईले वताउनुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*