काठमाण्डाै उपत्यकामा बुधबार ३ हजार १०७ सङ्क्रमित थपिए

जनपत्र
५ कार्तिक २०७७, बुधबार १६:५२

काठमाण्डाै – पछिल्लाे २४ घण्टामा काठमाण्डाै उपत्यकामा ३ हजार १ सय ७ जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बुधबार काठमाण्डाैमा २ हजार ३ सय ९१, भक्तपुरमा १ सय ७३ र ललितपुरमा ५ सय ४३ जनामा सङ्क्रमण देखिएकाे हाे ।

त्यस्तै बुधबार देशैभर २० हजार १ सय १८ जनाकाे पीसीआर परीक्षण भएकाेमा ५ हजार ७ सय ४३ जनामा सङ्क्रमण पुष्टि भएकाे छ । बुधबार थपिएकासँगै नेपालमा सङ्क्रमितकाे कुल सङ्ख्या एक लाख ४४ हजार आठ सय ७२ पुगेकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*