सीमामा ढलेर दोदामा बिलाएका गोविन्दहरु

जनपत्र
५ कार्तिक २०७७, बुधबार ०८:५२

कञ्चनपुर – तीन वर्षको अन्तरालमा कञ्चनपुरको पुनर्वास नगरपालिका ९ स्थित दोदा नदीको किनारमा उच्च सम्मानका साथ दुई जनाको अन्त्येष्टि गरिएको छ । दुवैको पृष्ठभूमि फरक भए पनि समानताका विषयहरु पनि प्रशस्त छन् । जिल्ला र पालिका मात्रै होइन संयोगले उनीहरुको नाम पनि एउटै परेको छ । शहीद गोविन्द गौतम र असइ गोविन्द बिक ।

फरक यति मात्रै हो, गोविन्द गौतम सीमा रक्षाका लागि सहिद भए । गोविन्द बिकले कर्तव्य पालना गर्दागर्दै ज्यान गुमाउनुपर्यो ।

फरक पृष्ठभूमिका समानताहरु 

सोमबार दिउँसो कञ्चनपुरको पुनर्वास नगरपालिका ९ दोदा नदीको किनारमा उच्च सम्मानसहित गोविन्द बिकको अन्त्येष्टि गरिंदै थियो । कोरोना कहरका बीच पनि बिकको अत्येष्टिमा सहभागी हुनेहरुको संख्यामा कमी थिएन ।

उहाँको अन्त्येष्टिमा प्रदेश प्रमुखसहित प्रदेशसभाका सदस्य, मेयर तथा सयौंको संख्यामा स्थानीयहरु सहभागी भएका थिए । उहाँलाई पुनर्वास ९ दोदा नदीको कीर्तिपुर घाटमा प्रहरीको सम्मानका साथ शोक सलामी सहित अन्त्येष्टि गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*