हेटौंडा उपमहानगरपालिकामा एक वर्षमा ६ हजार जनाको घटना दर्ता
हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा कुल ६ हजार १० जनाको वितेको आर्थिक वर्ष २०७६।०७७ मा दर्ता भएको छ । एक वर्षको अवधिमा ६ हजार भन्दा बढीको घटना दर्ता भएको हो । नगरवासीहरुले घटनादर्तालाई सामान्य रुपमा लिन नहुने र यसलाई प्राथमिकता दिएर काम गर्नुपर्ने उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले वताउनुभयो ।
जन्म दर्ता, मृत्यु दर्ता, विवाह दर्ता, बसाइ सराइ आउने र जाने काम सामान्य देखिएपनि यसको धेरै महत्व भएकाले घटनादर्ता गर्नुपर्ने मेयर महतले वताउनुभयो । घटना दर्ताको दिर्घकालिन महत्व समेत रहेको उहाँले वताउनुभयो । धेरैले आफुलाई आवस्यक्ता परेपछी मात्र घटना दर्ता गराउने चलन छ ।
उपमहानगरपालिकामा वितेको आर्थिक वर्षमा पुरुष र महिला गरी ३ हजार ५१ जनाले जन्म दर्ता गराएका छन् । त्यसैगरी ८ सय ६९ जनाले मृत्यु दर्ता, एक हजार २ सय ४९ जनाले बिवाह दर्ता गराएका हुन् । उपमहानगरपालिकामा एक वर्षको अवधिमा ४ सय ८६ परिवार बसाइ सरेर आएको उहाँले वताउनुभयो । त्यसैगरी २ सय ७० परिवार हेटौंडाबाट अन्यत्रनै बसाइ सरेर गएका छन् ।







