हेटौंडामा बस र ट्रक ठोकियो, १५ जना घाइते

जनपत्र
४ कार्तिक २०७७, मंगलवार ०६:२५

हेटौंडा । हेटौंडामा ट्रक र बस ठोकिदा १५ जना घाइते भएका छन् । हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१९ नेवारपानीमा गएराती यात्रुवाहक बस र मालवाहक ट्रक एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा १५ जना घाइते भएको जिल्ल प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

हेटौडाबाट चितवन तर्फ जादैगरेको ना २ ख ९०३८ नम्बरको बस र चितवनबाट हेटौंडा तर्फ आउँदै गरेको आउदै गरेको ना ५ ख ८५८९ नम्बरको ट्रक ठक्कर खादा १५ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरु मध्यमा ९ जना उपचार पश्चात चुरेहिल अस्पतालबाट डिस्चार्ज भएका छन् । अरु ६ जनाको चुरेहिलमा उपचार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*