हेटौंडामा थप २४ जनामा कोरोना संक्रमण पुष्टि

जनपत्र
३ कार्तिक २०७७, सोमबार १७:२८

हेटौंडा । हेटौंडामा आज थप २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज दिउसो प्राप्त रिपोर्ट अनुसार थप २४ जनामा कोरोना पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वाथ्य निरिक्षक भोला चौलागाईले वताउनुभयो । असोज र कात्तिकको विभिन्न मितिमा संकलित ८७ स्वाब मध्य २४ ,जनामा कोरोना पुष्टि भएको हो।

पुष्टि हुनेमा ९ महिला १५ पुरूष रहेका छन्। सोमबार दिउँसो आएको रिपोर्टमा सबैभन्दा धेरै हेटौँडा–६ का ७ जना रहेका छन्। आज विहान हेटौँडाको प्रयोगशालाको परीक्षणमा मात्र ३५ जना र चितवनको भरतपुरमा रहेको चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा ५४ जनामा कोरोना पुष्टि भएको छ। थप भएका ३५ सगै मकवानपुरको विभिन्न पालिका ठेगाना भएका ११४ जनामा कोरोना पुष्टि भएको छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*