यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई कोरोना सङ्क्रमण

जनपत्र
३ कार्तिक २०७७, सोमबार १७:२६

काठमाण्डाै – भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

सोमबार गरिएको पीसीआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएको मन्त्री नेम्वाङले सामाजिक सञ्जाल ट्विटरमार्फत जानकारी दिनुभएको छ ।

 

उहाँले आफ्नो सम्पर्कमा आएकाहरुलाई स्वास्थ्यको ख्याल गर्नसमेत आग्रह भएको छ ।

यसअघि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई पनि कोरोना सङ्क्रमण देखिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*